Wed. Apr 24th, 2024

कार्तिकमा अर्कै प्राणीले ठाउँ कुठाउँ रासलिला मच्चाउने भएकाले ११ महिना ‘मधुमास’ मनाउन तयार हुने मानिसचाहिँ यही महिना तर्किन्छ । बन्दोबस्त असोजमै भएपनि चकलेटी हिरो आर्यन सिग्देलका लागि कार्तिक दोहोरो मधुमास बन्ने भएको छ ।
असोजको अन्तिमतिर सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका आर्यनले कार्तिकको शुरुमा आएर हलमा पनि आफ्नो ‘मधुमास’ देखिने पक्का भएको जानकारी दिएका छन् । शनिवार पत्रकार भेटघाट गर्दै बहुप्रतिक्षित फिल्म ‘मधुमास’ कार्तिक  ८ गते रिलिज हुने बताइएको हो । लभस्टोरी फिल्ममा राम्रो छवी बनाएका सुदर्शन थापा फेरि लभस्टोरीमै आएका छन् । यो जेन्रेका फिल्ममा उनको दख्खल देखिने छ । उनी भन्छन्, ‘अहिलेसम्म बनाएका सबै फिल्मको सिकाइ मधुमासमा देखिने छ । त्यसैले यो प्रेमकहानी रहेको थ्रिलर फिल्म हो ।’
फिल्मका कलाकारहरु आर्यन, पूजा शर्मा, मनोज आरसी र निर्मल शर्मा रहेको कार्यक्रममा बोल्दै बाबुराम दाहालले दुई युवा निर्माताको ऊर्जा र फिल्ममा संलग्न कलाकार र प्राविधिक पूर्ण सहयोगले राम्रो बनेको प्रतिक्रिया दिए । फिल्म ‘मेरो एउटा साथी छ’ जस्तो सफल फिल्म दिएका सुदर्शन फेरि प्रणय फिल्मबाट चम्किने  चर्चा चल्न सुरु भइसकेको छ । भारतमा समेत मोडलिङको अनुभव बटुलेकी सिवांगिनी राणा र नेपालकी चर्चित मोडल पूर्जा शर्माको डेब्यु  पनि फलदायी हुने आशा गरिएको छ ।

IMG_0020

%d bloggers like this: