Wed. Apr 24th, 2024

 

स्पेनका एक व्यक्ति अंगुरले किचेर ठहरै भएका छन् । वाइन उत्पादनका लागि अंगुर टिप्ने समयमा उनको मृत्यु भएको हो । स्थानीय उद्धारकर्मीका अनुसार ट्रकमा लोड गरिएको अंगुर अनलोड गर्ने बेलामा ट्रकभरिको अंगुर उनीमाथि खनिएको थियो । ‘करिब साढे पाँच टन अंगुर ट्रकमा थियो होला,’ एक उद्धारकर्मीले भने, ‘अनलोड गर्न ट्रकको डिकी खोलिएको मात्रै के थियो, अंगुर उनीमाथि खनियो । उनले ऐया भन्नसम्म पाएनन् ।’

 

%d bloggers like this: