Fri. Apr 26th, 2024

फिल्म पत्रकार आरके सुवेदी (रामकृष्ण सुवेदी)लाई गालीबेइज्जती मुद्दा लागेको छ । फिल्म निर्माता सुनिल रावलले आरके विरुद्ध जिल्ला अदालत काठमाडौँमा दिएको मुद्दामा आरकेलाई १५ दिनभित्र उक्त मुद्दाको बचाउका लागि सप्रमाण उपस्थित हुन भदौ २५ गते जिल्ला अदालतले सूचना जारी गरेकोमा उनी उपस्थित नभएपछि पक्राउ पर्ने संभावना बढेको हो । अदालतले उनको पत्रिका बक्स अफिस रहेको ठेगानामा पठाएको सूचनाको उनले वास्ता नगरेपछि गोरखापत्र दैनिकमा ‘बेपत्ता’ भन्दै सूचना जारी भएको थियो । 

केही समयअघि नेपाली फिल्म क्षेत्रको उन्नतीका लागि भन्दै आरकेले पूजा गरेका थिए । सोही पूजाका लागि आफूसँग रु २५ हजार मागेको सुनिलले बताए । ‘मैले दिन जरुरी नलागेर दिइनँ, पछि मैले पैसा नदिएपछि पत्रिकामा मेरोविरुद्ध जथाभावी छापेर चरित्रहत्या गर्ने प्रयास गरे,’ सुनिलले भने ।
आफूखुशी फिल्मको पोष्टर छाप्ने र धम्काएर पैसा माग्ने आरकेको तरिका मन नपरेर सबक सिकाउनका लागि मुद्दा दायर गरेको सुनिलले बताए । सुनिलले असारमा नै जिल्ला अदालत काठमाडौँमा उनीविरुद्ध मुद्धा दायर गरेका थिए । आरकेले भने उल्टो सुनिलले आफ्नो पैसा खाएको भन्दै आफ्नो पत्रिका बक्स अफिस साप्ताहिकमा उल्टो फोटो छाप्ने बताएका छन् । अदालतको सूचना बारे आफू अनबिज्ञ रहेको उनको दाबी छ ।
RK-adalat sunil

सुनिल रावल

rk subedi

आरके सुवेदी

%d bloggers like this: