Tue. Apr 23rd, 2024

छोटो कपाल र सामान्य पहिरन दयाहाङ राईको स्थायी हुलिया हो । तर, शुक्रवार मण्डला थिएटरमा उनी फरक रुपमा भेटिए । लामो लट्टा परेको कपाल बाँधेका उनले बुट भिरेका थिए । त्यो फिल्म ‘टलकजंग भर्सेस टुल्के’को टुल्के अवतार रहेछ । उनी केही दिनअघि मात्र सुटिङ सुरु भएको फिल्मको सुटिङ बिचमै रोकेर शुक्रवार मण्डला थिएटरमा दसैं मनाउन आएका थिए ।
गुमेको पहिचानलाई पुर्नस्थापित गर्न एकजना पात्रले गरेको संघर्षलाई उतारिने फिल्मको निर्देशन निश्चल बस्नेतले गर्ने छन् । यसका निर्माता बस्नेतसँगै रबिन्द्र सिंह बानियाँ र लेखक खगेन्द्र लामिछाने हुन् । फिल्मको छायांकन काठमाडौँबाट थालिएको छ ।फिल्मलाई ब्ल्याक हर्स पिक्चर्स र षट्कोण आर्टस्ले निर्माण गर्न लागेको हो । पुरुषोत्तोम प्रधानले खिचिरहेको फिल्मका फाईट डाइरेक्टर अष्ट महर्जन, ब्याकग्राउण्ड म्यूजिसियन जेशन कुवँर र एडिटर निमेश श्रेष्ठ हुन् । ड्रेस डिजाइन भने निलिमा शर्माले गरेकी छिन् । फिल्ममा दयाहाङका अलवा खगेन्द्र लामिछाने, ऋचा शर्मा, सुशान्त मैनाली, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, रजनी गुरुङ, राज थापा लगायतले अभिनय गर्दैछन् ।

%d bloggers like this: