Thu. Apr 25th, 2024

नाटक संस्कृतिको पुनरुत्थानमा सक्रिय मण्डला थिएटरले नेपाली सँस्कृतिलाई पनि जोगाउने अभियानलाई निरन्तरता दिएको छ । दसैँ, होली जस्ता पर्वलाई आफ्नै थिएटरमा मनाउने क्रमको निरन्तरता यसपाली पनि दियो । मण्डला थिएटरको आयोजनामा कार्तिक १ गते आफ्नै थिएटर रहेको अनामनगरमा रंगकर्मीको बाक्लो उपस्थितिमा टीका थाप्ने काम भएको छ । 
संस्कृतिविद् सत्यमोहन जोशी, चित्रकार किरण मानन्धर, कलाकार विष्णुभक्त फुयाँल, शुभद्रा अधिकारी, सुनिल पोखरेल लगायतका हातबाट टीका थाप्न रंगकर्मीहरु हेटौँडा र विराटनगरबाट समेत आएका थिए ।
सयजना भन्दा बढी कलाकारको जमघट रहेको मण्डला थिएटरका राजन खतिवडा, दयाहाङ राई, सिर्जना अधिकारी, जुनु विष्टका साथै चर्चित अभिनेता कर्मा शाक्य, गौरव पहारी, जेवि डिसी, अभिनेत्रीहरु समुना केसी, सरिता गिरी पनि टीका थाप्न आएका थिए । मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ, कवि उदय सुब्बा र फेसन स्टाइलिष्ट निलिमा शर्मा पनि उक्त माहोलमा सामेल भए ।
अग्रजले जुनियरलाई टीका लगाउनका साथै थिएटर परिसरमै बोका काटेर सामूहिक भोजको पनि ब्यवस्था गरिएको थियो ।

theater3 theater5

theater2IMG_9889

theatr4

%d bloggers like this: