Wed. May 8th, 2024

महेन्द्र बुढाथोकीको लेखन र निर्देशनमा बनेको स्टार कार्तिक १ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुदैछ । नेपाली चलचित्र क्षेत्रकै कथामा निर्माण गरिएको स्टारको बितरक करण श्रेष्ठ क्रेजी हुन् । चलचित्रमा नायिका सुमीना घिमीरेले मनिषा क्षेत्री नामक हिरोइनको भूमिका निभाएकी छिन् । त्यसैगरी, नायक नीरज बराल राजेश भट्ट नामक सुपरस्टारको भूमिकामा छन् भने श्याम घिमीरे सौर्य सिंह नामक चर्चित हिरोको भूमिकामा छन् ।
बरिष्ट चलचित्र निर्देशक तथा अभिनेता रमेश बुढाथोकी र गणेश उप्रेती चलचित्र निर्माताको भूमिकामा छन् । रुपा खनाल संघर्षशील अभिनेत्री बनेकी छिन् ।
संगम भिजनको ब्यानरमा बनेको स्टार देशभरका करिब ५ दर्जन हलमा एकसाथ प्रदर्शन हुने बितरक करण क्रेजीले बताए । अर्जुन पोखरेल र सर्वज्ञमान शाक्यको संगीत रहेको चलचित्र सुरेश बज्राचार्यले खिचेका हुन् ।
लक्ष्मण सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा शिब बिकको नृत्य निर्देशन र अष्ट महर्जनको द्धन्द्ध निर्देशन छ । सिंगल रिलीज हुन लागेकाले पनि सम्रग चलचित्र उद्योग स्टारप्रति उत्साहीत छ ।
 
 

%d bloggers like this: