Thu. Apr 25th, 2024

अभिनेत्री नम्रता श्रेष्ठ अघिल्ला दसैँमा भन्दा यो वर्ष बढी नै उत्साहित छिन् । किनभने, वर्षाैंपछि मामाघरमा दसैँ मनाउने अवसर जुर्दै छ । ‘कहिले कसको नमिल्ने, कहिले कसको, त्यही भएर ठूली भएपछि दसैँमा मामाघरको आँगन टेक्न पाइएको छैन,’ नम्रताले भनिन् । यसपटक उनी बुवाआमा र दिदीसहित मामाघर जाँदै छिन् । सिक्किममा रहेको मामाघरमा सधैँ प्लेनबाट जाने भए पनि यसपटक गाडीमा जाने योजना छ उनको । भन्छिन्, ‘बाल्यकालमा गएको बाटोबाट जाँदा ती सम्झना पुनः ताजा भएर आउनेछन् । गाडी रोक्दै, ठाउँ हेर्दै जान पाइने भएकाले घुमघामसहितको मामाघर यात्रा हुनेछ ।’ हजुरआमाले बनाएको नरिवलको लड्डुको स्वाद उनको जिब्रोले भुलेको छैन । तर, यसपटक मामाघरमा हजुरआमाकै अभाव खेप्नेछिन् । ‘मलाई साह्रै मन पर्छ भनेर खुब मेहनत गरेर लड्डु बनाउनुहुन्थ्यो,’ उनी सम्झन्छिन्, ‘केही वर्षअघि ९४ वर्षको उमेरमा उहाँ बित्नुभयो । तर, लड्डु चाहिँ पाजु (मामा) ले बनाइदिने भन्नुभएको छ ।’
 

%d bloggers like this: