Fri. Apr 26th, 2024

सुन्दरी प्रतियोगिताको भिडमा आयोजित ‘प्लस टु करिज्मा’को उपाधि छात्र तर्फ न्यू समिट कलेज मैतीदेवीका विक्रम लामा र छात्रा तर्फ भ्याली पब्लिक गल्फुटारकी हीना कोइरालाले जितेका छन् । बुधवार अवेर राष्ट्रिय नाचघर, जमलमा सम्पन्न अन्तिम प्रतियोगितामा उपाधि सहित नगद र विभिन्न उपहार पाएका थिए। फेशन डिजाइनर उत्तम बनेपाली लगायत राहुल मुखर्जी, नग्मा श्रेष्ठ, सुवेच्छा खड्का र गायक सुगम पोखरेल निर्णायक रहेको प्रतियोगितामा फस्ट रनरअप छात्र तर्फ नाइन्टिगल कलेजका सुरन्जन प्रधान तथा छात्रा तर्फ भ्याल्ली पब्लिककी अस्मिता कडरिया भए। त्यस्तै सेकेन्ड रनरअप छात्र तर्फ भिएस निकेतनका छात्र निर्जल थापा तथा छात्रातर्फ मर्गन कलेजकी गोनिका विष्ट भइन। त्यसैगरि, वेस्ट पर्सनालिटी सवुजन विक्रम शाह, पपुलर अवार्ड निर्जल थापा, फोटोजेनिक अवार्ड सनम घिमिरे, वेस्ट हेयर अस्मिता कडरिया, वेस्ट वाक हीना कोइराला र प्लस टु करिज्माको ट्यालेन्ट टाईट ल विक्रम लामा भएका थिए। अन्तिम प्रतिष्पर्धामा कुसुम बज्राचार्य, रेश्मा सुनुवार, सुगम पोखरेल लगायतले गीत गाएका थिए।
DSI_0265

%d bloggers like this: