Fri. Apr 26th, 2024

फिल्म चलेका छैनन् । फिल्म नचलेपछि कलाकार कसरी चल्नु ? तर, अचेल फिल्म क्षेत्रमा एउटा कुरा चाहिँ भव्य चलिरहेको छ । त्यो हो, उपाधि बाँडफाँड । अभिनेता राजेश हमाललाई महानायक भनियो, मिडियाले लेखे र जनताले स्विकारे पनि । उनी महानायककै रूपमा स्थापित भए ।
उनलाई यो उपाधि आधिकारिक निकायबाट नदिइएको भनेर सबैभन्दा चर्काे कुरा गर्ने भुवन केसीलाई शोभित बस्नेतले ‘रोमान्स किङ’को ट्याग भिराए । भुवनले स्विकारे । उनी ‘रोमान्स किङ’ घोषणा भएको दुई महिना पुग्दा पनि यो शब्दावली चलनचल्तीमा आएको छैन । यही हप्ता दुई उपाधि थप वितरण भएका छन् । नीर शाहले ‘अभिनयशिरोमणि प्राप्त गरे भने करिश्मा मानन्धरले ‘महानायिका’ । चलचित्र प्राविधिक संघले नीर शाहलाई उक्त उपाधि दिएको हो भने एक एल्बम विमोचन समारोहमा महानायिकाको उपाधि करिश्माले अकस्मात् पाइन् ।
उपाधि प्राप्तकर्ताहरू त्यसका लागि लायक पनि होलान् । तर, वितरणकर्ताहरूको हैसियत त छुट्याउनुपर्ला नि । नत्र जसले जसलाई जे उपाधि दिए पनि भइगयो नि ।

%d bloggers like this: