Thu. Apr 25th, 2024

विगत एक दशकदेखि अधिकारका लागि संचार अभियान अन्तर्गत क्रियाशील संचार संस्था इन्टरफेस, नेपालले यस बर्षदेखि हरेक वर्ष ६० सेकेण्ड फिल्म फेस्टिभलको आयोजना गर्ने भएको छ ।
आफु वरपरका कुनै पनि समसमायिक विषयहरुमा आफुसंग भएको जस्तोसुकै प्रविधि (मोबाइल तथा क्यामेरा र भिडियो सम्पादन सफ्टवेयर) प्रयोग गरि बनाइएका फिल्महरु फेस्टिभलमा पठाउन सकिने छ । फेस्टिभलमा विदेशमा बस्ने नेपाली तथा नेपालमा बस्ने विदेशी जो कोही पनि सहभागी हुनसक्ने छ । फेस्टिभलमा बढीमा ६० सेकेन्ड समायवधि भएका फिल्म पठाउन सकिने छ ।
फेस्टिभलले सिर्जनशील युवाहरुको क्षमता र आत्मविश्वास बढाउन, जनचेतना फैलाई शान्ति र मेलमिलाप कायम गर्न, समाजमा सद्भाव कायम गर्न, सामाजिक परिवर्तनका लागि आवाज उठाउन, सामाजिक मुद्दाहरु प्रतिको ज्ञान र बुझाई बढाउन, युवाहरुमा निहित फिल्म सम्बन्धि ज्ञान तथा सीप देखाउन सहयोग पुग्ने आशा आयोजकको रहेको छ ।
अनलाइन भोटीङ्ग र निर्णायक मण्डलको सिफारिसका आधारमा उत्कृष्ट ३ फिल्मलाई नगद पुरस्कार र अन्य केहिलाई प्रोहोत्साहन पुरस्कार सहित सम्मान गरिने छ । र उत्कृष्ठ फिल्महरुलाई देशका विभिन्नमा भागमा प्रदर्शन गरिनेछ ।
थप जानकारीका लागि   60 Seconds Short Film Festival

%d bloggers like this: