बलिउडकी ‘आइटम गर्ल’ राखी सावन्तको अभिषेक अवस्थीसँग अफेयर चलेको थियो । त्यतिबेला उनी अभिषेकलाई पिरोल्नसम्म पिरोल्थिन् । उनलाई सार्वजनिक स्थलमै थप्पड हान्नदेखि मनपरी बोल्नसम्म राखी पछि पर्दिनथिइन् । ‘ब्रेकअप’ भएयता उनी अभिषेकलाई भुसुनो पनि गन्दिनन् । अभिषेकसँग पुनःमिलनको सम्भावना छ कि भनी सोधिएको प्रश्नलाई उनी सीधै नकार्दै भनिन्, ‘असम्भव । ऊप्रति मलाई एक रौँ पनि रुचि छैन ।’ उनको यस्तो भनाइबारे टिप्पणी गर्दै अभिषेकले राखीसँगको सम्बन्ध आफ्नो जीवनको विशालतम गल्ती भएको बताए । ‘कुनै बेला म उसको ब्वाइफ्रेन्ड थिएँ भन्ने सम्झिँदा आज आफँैलाई लाज लाग्छ,’ उनले भने ।
पछुतोमा राखीका पूर्वप्रेमी
Byadmin
Oct 8, 2013Related Post
एक्सन थ्रिलर ‘१२ गाउँ’को निर्माण घोषणा
Nov 30, 2023
‘तेल भिसा’मा विपिनको जोडी वर्षा, भदौ २८ मा रिलिज
Nov 29, 2023