Thu. Mar 28th, 2024

दुइवटै मिर्गौला खराब भएर थलिएका पत्रकार बिके पाल्पालीको उपचारका लागि एक लाख रुपैंया संकलन भएको छ । 
आज राजधानीमा न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठको कथामा गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री “बहादुर बहिनी” प्रदर्शन गरेर एक लाख रुपैंया संकलन गरिएको हो । काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा गरिएको च्यारिटी शोमा विभिन्न व्यक्ति तथा संस्थाले स्वच्छिक सहयोग गरेका थिए । कार्यक्रममा क्वालिटी गुप्रका संचालक होमकुमार श्रेष्ठले ४२ हजार ६ सय प्रदान गर्नुभयो । यसैगरी, न्यायका लागि संघर्षरत सावित्री श्रेष्ठले गणेश—उज्ज्वन (भुवन) स्मृति प्रतिष्ठानबाट प्रकाशित “पीडाका ५००० दिन” नामक पुस्तकको विक्रीस्वबाट प्राप्त २५ हजार ५ रुपैंया प्रदान गर्नुभयो । त्यसैगरी, प्रेस चौतारी उपत्यका कमिटी र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पनि १०÷१० हजार रुपैंया प्रदान गरे । बा“की रकम भने डकुमेन्ट्रीका दर्शकबाट प्राप्त भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष यशोदा तिमिल्सिनाले पत्रकार पाल्पालीको उपचारका लागि पत्रकार महासंघले सहयोग गर्ने बताउनुभयो । यसैगरी, कलाकार भुवन केसीले आफ्नो चलचित्रको च्यारिटी शो गरेर पत्रकार पाल्पालीका लागि उपचार खर्च जुटाउन पहल गर्ने घोषणा गरे । त्यसैगरी, एनआरएनका महासचिव तेन्जी शेर्पाले एनआरएनका तर्फबाट पनि रकम संकलनका लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्ने क्रममा पाल्पालीकी धर्मपत्नी समेत रहेकी पत्रकार रेणुका भट्टराईले आ“शु झार्दै सहयोगका लागि अनुनय गरेपछि सबैका आ“खा रसाएका थिए । पत्रकार पाल्पालीलाई बुधबार उपचारका लागि भारतको नया“ दिल्ली लैजाने कार्यक्रम छ ।
सावित्री श्रेष्ठले आफ्ना भाइ उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्नहरुलाई कारबाही दिलाउन गरेका संघर्ष, न्यायिक लडाईंलाई समेटिएको डकुमेन्ट्री ४० मिनेटको छ ।

%d bloggers like this: