अनिल थुलुङ राईको गीति संग्रह ‘ड्रिम’ सार्वजनिक भएको छ। हालै काठमाडौँस्थित एक रेस्टुरेन्टमा राजेश पायल राई र सन्चारकर्मी विदुर गिरीले संयुक्त रुपमा एल्वम विमोचन गरेका छन। गायक थुलुङको महत्वकांक्षी उक्त एल्वममा पाँच वटा आधुनिक र रकपप गितहरु संकलीत छन्। एल्वमका संगितकार तथा गायक विनोद खम्बुको सोलो संगित रहेको छ । गायक थुलुङको उक्त एल्वममा गितकार श्रवण मुकारुङ, नरेश भटराई, विनोद खम्बु र अनिल थुलुङको शब्द रहेको छ। गायकले आफनो एल्वममा समाविष्ट ‘चर्को भो जमाना’ र ‘भर्खरै यो गाउँ छोडी’ बोलको गितबाट निकै आश गरेको बताए। विमोचन कार्यक्रममा गायकले ‘चर्को भो जमाना’ बोलको गित गाएर उपस्थित दर्शकलाई मनोरनजन गराएका थिए। अनिलको यो पहिलो एल्वम हो।
गीतमा अनिलका सपना
Byadmin
Oct 7, 2013Related Post
नयाँ वर्षमा चार नेपाली फिल्म रिलिज हुने
Feb 6, 2023