Fri. Apr 26th, 2024

काठमाण्डौ। यस बर्षको सर्वाधिक सफल नेपाली चलचित्र ‘होस्टेल’ले आइतवार राजधानीमा उल्लासमय सक्केस पार्टी आयोजना गरि खुशी साटेको छ। व्यापारमा हरेश खाएर तड्पिरहेको नेपाली चलचित्र उद्योगलाई केहि हदसम्म भएपनि माथी उकासेको यस चलचित्रको व्यापारबाट पूर्ण सन्तुष्ट युनिटले आयोजना गरेको पार्टीमा झण्डै चार सयको उपस्थिती थियो।
‘‘मैले देखाउन होइन, खुशीयाली साट्न पार्टी दिएको हुँ। यस्ता पार्टींमा सहभागी हुने अवसर फिल्मकर्मीलाई नमिलेको धेरै भयो । त्यसैले एकपटक नेपाली फिल्म क्षेत्रसँग आवद्ध सबैलाई दशैँअघि जमघट गराउने योजना अनुरुप पनि यो पार्टी गरिएको हो’ चलचित्रका निर्माता सुनिल रावलले बताए। हेमराज विसीले निर्देशन गरेको होस्टेलमा तेश्रो पुस्ताका कलाकार मानिएका अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, प्रकृती श्रेष्ठ, सिञ्चन केसी, रिश्ता बस्नेत लगाएतका कलाकारले बेजोड अभिनय गरेका छन्।
 
hostelparty2
1391800_655748314459339_145902491_n
1391524_527252540695064_2042490780_n
1385456_527252750695043_784265301_n
1385419_527252924028359_826223645_n
1379402_527252104028441_1999566588_n
1377387_527252870695031_1046878554_n
1375060_527252007361784_987506422_n
946032_527253110695007_1470729370_n
 
 

%d bloggers like this: