विदेशमा हिरोइन गायिका र गायिका हिरोइन धेरै छन् । सुन्दरता माथि स्वरको जादू छ¥यो भने ग्ल्यामर दुनियाँमा चर्चित हुन ‘आइतवार’ कुर्नै पर्दैन । नेपालमा पनि हिरोइन गीत पनि गाउन थालेका छन् । ‘मधुमास’ हिरोइन पूजा शर्माले पनि गीत गाउछिन् । त्यो शनिवार सिभिल मलमा देखियो । तर, उनी हिरोइन भएर होइन, गायिका पछि हिरोइन भएकी रहिछन् । रहस्य ढिलो खुल्यो । कार्तिक ८ गते रिलिजको तयारी भएको फिल्म ‘मधुमास’की हिरोइनले अनिल सिंहसँग सुमधुर स्वर जोड्दा दर्शकदीर्घा छक्कै परेका थिए । यसअघि नै उनले अनिल सिंहसँग रेकर्ड गराएको गीत ‘अमर प्रेम कथा’मा स्टेज सेयर गरेकी थिइन् । कार्यक्रममा निर्देशक सुदर्शन थापा, निर्माता तथा गीतकार बाबुराम दाहाल, अर्की हिरोइन शिवांगीनी राणा उपस्थित थिए ।
सिभिल मलमा गुञ्जियो हिरोइनको स्वर
Byadmin
Oct 6, 2013Related Post
शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने
Jun 27, 2022
फिल्म प्रमोसनमा कलाकारको स्टण्ट
Jun 22, 2022
‘डन ३’ मा शाहरुख र अमिताभ सँगै देखिने
Jun 22, 2022