Thu. Apr 25th, 2024

बेलायती सुपरमोडल केट मोसको घरमा बाढी पसेको छ । लन्डनस्थित घरलाई बाढीले तारो बनाएपछि उनी अहिले साह्रै चिन्तित छिन् । यसका कारण उनको लाखौँ पाउन्डको सम्पत्ति नोक्सान भएको र भत्काएको घरको संरचना ठीक गर्न महिनौँ लाग्ने बताइएको छ । नदीछेउको निर्माण कार्यका कारण बाढी आएको आरोप लगाइएको छ । थुप्रैका घरमा पनि बाढीले दुःख दिएको छ । केटको घर बाढीले बिगारेको उनका एक छिमेकीले बताए । ‘क्षतिको मात्रा हेर्दा घरलाई पूर्वअवस्थामा तत्काल ल्याउन सकिन्छ जस्तो मलाई लाग्दैन,’ ती छिमेकीले भने ।

%d bloggers like this: