Fri. Mar 29th, 2024

फिल्म क्षेत्र देखाउने दुनियाँ हो । आफूले ढिँडो खाएर कुकुरलाई भात दिने कुनैबेलाका ‘रजौटा’को ढोङ देखाउनेको बोलवाला छ । त्यसैले ‘होस्टेल’ फिल्मले आज गर्न लागेको पार्टीका विषयमा अनेक कुरा हुन थालेका छन् । तर, छैटौँ हप्ता चलिरहेको फिल्मका निर्माता सुनिल रावल भन्छन्, ‘मैले देखाउन होइन, मन खुश भएर पार्टी दिन लागेको हुँ ।’
यस्ता पार्टींमा सहभागी हुने अवसर फिल्मकर्मीलाई नमिलेको धेरै भयो । त्यसैले एकपटक नेपाली फिल्म क्षेत्रसँग आवद्ध सबैलाई दशैँअघि जमघट गराउने योजना अनुरुप पनि यो पार्टी गर्न लागेको उनले बताए । उनी भन्छन्, ‘दशैँको शुभकामना पनि आदानप्रदान हुने र खुशी पनि साट्न मिल्ने भनेर यो पार्टी दिएको हुँ ।’ हेमराज विसीले निर्देशन गरेको फिल्म ‘होस्टेल’ व्यवसायिक रुपमा यो वर्षको सर्वाधिक सफल फिल्म हो ।

%d bloggers like this: