Fri. Apr 26th, 2024
कास्की, आश्विन १७ – साहसिक उडान एभिया क्लबको अल्ट्रालाइट -२ सिटे बिमान) पुम्दीभुम्दी शान्ति स्तुपा नजिक बिहीबार बिहान दुर्घटना भएको छ ।
दुर्घटनामा पाइलट स्टेफनसहित एक यात्रुको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।  मौसम गडबढीले दुर्घटना भएको हुन सक्ने आंशका गरिएको छ । बिस्तृत विवरण भने आउन बाँकी छ ।
एभियाले १९९७ मा व्यवसायिक रुपमा अल्ट्रलाइट उठान सुरु गरेको हो । स्टेफन पुराना र अनुभवी पाइलट मानिन्छन् ।
%d bloggers like this: