Wed. Apr 24th, 2024
एमालेले काठमाडौं- १ बाट अभिनेता भूवन केसीको उम्मेदवारी रद्द गरेको छ ।
क्षेत्रीय कमिटीको दबाब तीब्र भएपछि एमालेले केसीको उम्मेदवारी रद्द गरि विद्या न्यौपानेलाई टिकट दिने तयारी गरेको छ । न्यौपाने स्वयंले भने उम्मेदवारीप्रति रुचि देखाएकी छैछन् । स्रोतका अनुसार स्थानीय कमिटीले एकमतले विदुर मैनालीको नाम सिफारिस गर्ने तयारी गरेको छ ।
उम्मेदवारको टिकट हेरफेर गर्ने अधिकार स्थायी कमिटीले अध्यक्ष खनाललाई दिएका कारण पछिल्लो निर्णय कार्यान्वयनमा जाने छ ।
एमाले स्थायी कमिटी बैठकले काठमाडौं- १ बाट भूवन केसीलाई टिकट दिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले बुधबार अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण गराए । उनीहरुले केसीलाई टिकट दिने निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए ।
बुधबार एमाले मुख्यालय बल्खुमा खनाललाई भेटी काठमाडौं १ नम्बर क्षेत्रीय कमिटीका सदस्यहरुले केसीमाथिको निर्णय फिर्ता नलिए आफूहरुले बिहीबार नै राजीनामा दिने खनाललाई चेतावनी दिएका थिए ।
बुधबार नै अभिनेता केसी पनि एमाले मुख्याल बल्खु गएका थिए ।
%d bloggers like this: