Fri. Mar 29th, 2024

नेपालीको महान् पर्व दसैँ नजिकिँदै गर्दा सिनेयात्री मासिक पत्रिकाले दर्शक तथा श्रोतालाई संगीतमा झुमाएको छ । पत्रिकाले आफ्नो नियमित वार्षिक कार्यक्रमअन्तर्गत ‘सिनेयात्री स्टार नाइट–२०७०’ मा ख्यातिप्राप्त गायक÷गायिका र सिने कलाकारलाई मञ्चमा उतारी दर्शकलाई मनोरञ्जन प्रदान गरेको हो । राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा सोमबार आयोजित ‘सिनेयात्री स्टार नाइट’ मा नेपाली चलचित्रका अभिनेता राजेश हमालदेखि चर्चित गायिका अञ्जु पन्तसम्मले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । 
शास्त्रीय संगीतबाट सुरु भएको कार्यक्रममा पछिल्लो समय चर्चामा रहेकी गायिका सहिमा श्रेष्ठले दर्शकलाई उफार्न सफल भइन् । सहिमाले आफ्नो दोस्रो एल्बम ‘मस्ती’ को ‘मस्ती गराँै न साथी’ गीत गाइरहँदा तालीले हल गुञ्जायमान भएको थियो । सोमबारदेखि नै उक्त गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजनबाट रिलिज गरेकी सहिमा दर्शकको साथ पाउँदा निकै उत्साहित देखिइन् । सहिमाले स्टेजमा देखिनुअघि गायक हिमाल सागर, गायिका रेश्मा सुनुवार देखिएका थिए । उनीहरूले पनि आफ्नो सांगीतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल देखिए । विभिन्न कलाकारको नृत्यका साथ सांगीतिक प्रस्तुति दिने क्रममा दर्शकदीर्घा गायिका अञ्जु पन्तको गीत सुन्न आतुर देखिएका थिए । पछिल्लो समय अञ्जु सार्वजनिक कार्यक्रममा कम देखिन थालेकीले पनि अञ्जुप्रति दर्शक ‘एक्साइटेड’ भएका थिए । अञ्जुले कार्यक्रममा आफ्नो नयाँ गीत प्रस्तुत गरेकी थिइन् ।
त्यस्तै, कार्यक्रमको अर्को आकर्षण बनेकी थिइन्, नृत्यांगना पार्वती राई । पार्वती ‘कहाँ होला, कस्तो होला’ बोलको गीतमा स्टेजमा झुल्केपछि कार्यक्रमको रौनक फेरिएको थियो । त्यस्तै, चर्चित गायिका सुनिता दुलालको पनि प्रस्तुति कम थिएन । आफ्नो चर्चित गीतका साथ स्टेजमा सुनिता झुल्किएपछि अभिनेता राजेश हमालसमेत चुप लागेर बस्न सकेनन्, उनी जुरुक्क उठेर सुनितासँग नाच्न स्टेजमै चढेका थिए ।
निर्धारित समयभन्दा केही ढिलो सुरु भएको कार्यक्रममा नायिका शुभेच्छा थापाको नृत्य उस्तै घतलाग्दो थियो भने होचा–पुड्का कलाकार लोकनाथ ढकाल र सुन्दरी मिश्रको नृत्यमा दर्शक रमाएका थिए । कार्यक्रम सोचेभन्दा सफल भएको सिनेयात्री मासिकका प्रकाशक आरडी ‘शृंखला’ले बताए ।Picture 001

Picture 057

Picture 078

Picture 091

Picture 098

Picture 161

Picture 179

%d bloggers like this: