Fri. Apr 26th, 2024

सर्प आफँै त मुसाले बनाएको दुलोमा बस्छ भने उसले घर कसरी पो बनाओस् ? तर, अमेरिकी शहर न्युयोर्कमा छ सय वटा सर्प मान्छे बस्ने घरमा मजालै रहँदैबस्दै आएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
एउटा घरमा ठूलो संख्यामा सर्प पालिएका छन् भन्ने सूचनाका आधारमा छापा मार्दा यति ठूलो संख्यामा सर्प पाइएको हो । बरामद भएका सर्पलाई चिडियाखाना अथवा आरक्षणमा राखिनेछ । घरमा यति धेरै सर्प पाल्ने व्यक्तिबारे केही बताइएको छैन । प्रतिबन्धित बर्मिज कोब्रा पनि घरमा पाइएकाले घरधनीमाथि कारबाही हुने निश्चित छ ।

%d bloggers like this: