Thu. Jan 23rd, 2025

parasrishi

नेपाली संगीतको विकास र प्रवद्र्धनमा पत्रकारीताको माध्यमबाट योगदान पु¥याउने दुई पत्रकारलाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार दिइने भएको छ । यसपटकको शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार २०७० कान्तिपुर दैनिकका पारश नेपाल र हिमाल खबरपत्रिकाका पत्रकार ऋषिराम कट्टेललाई दिइने आयोजकले घोषणा गरेको छ । उनीहरुले शास्त्रीय संगीतको श्रीवृद्धिको लागि योगदान पु¥याएको भन्दै रु १० हजार नगद राशीको यो पुरस्कार दिइने भएको हो । शास्त्रीय संगीतका कलाकार रथी लक्ष्मण शमशेर राणाको ३० औँ स्मृति दिवसको अवसरमा उनीहरुलाई शास्त्रीय संगीतको कार्यक्रमबीच सो पुरस्कार प्रदान गरिँदैछ । कार्यक्रम १८ असोजमा ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा हुने आयोजक संस्थाका अध्यक्ष उत्तम रिमालले बताए । 

हिमालय समशेर राणाको विशेष आतिथ्य तथा अर्थमन्त्री शंकर प्रसाद कोइरलाको प्रमुख आथित्यमा कार्यक्रम हुने कार्यक्रममा बरिष्ठ सरोदबादक मोहन सुन्दर श्रेष्ठले सरोदको धुनले स्रोतादर्शकलाई मन्त्रमुग्ध पार्नेछन् भने शास्त्रीय संगीतकी प्रतिभाशाली गायिका सुजाता बर्मा सास्त्रीय गायन प्रस्तुत गर्नेछिन् । आयोजक संस्थाका अध्यक्ष उत्तम रिमालका अनुसार सरोदबादक मोहन सुन्दरको सरोदको धुन र शास्त्रीय गायिका सुजाता बर्माको स्वर शास्त्रीय संगीतका पारखीका लागि महत्वपुर्ण हुने बताए ।