Thu. Mar 28th, 2024

केटी भएर जन्मिए पनि आफूमा पुरुषको स्वभाव लुकेको भन्दै लिंग परिवर्तन गर्ने एक व्यक्ति (ट्रान्सजेन्डर्ड म्यान) सुत्केरी भएका छन् । उनी बच्चा जन्माउने युरोपको पहिलो ट्रान्सजेन्डर्ड म्यान भएका छन् । उनले आफ्नो परिचय सार्वजनिक गरेका छैनन् । सुडेनीको सहायताले उनले घरमै बच्चा जन्माएका थिए । ‘अस्पताल नगई उनले घरमै बच्चा जन्माउन जोड गरे । अस्पतालमा गए विभिन्न कानुनी दस्ताबेजमा उनलाई ‘आमा’ भनी सम्बोधन गरिने थियो । उनी आफूलाई पुरुष ठान्ने गर्छन् । त्यसैले अस्पताल पुगेर आफ्नो परिचय लोप भएको हेर्न उनी चाहँदेन थिए,’ स्रोतले भन्यो ।
पुरुषको लिंग ट्रान्सप्लान्ट गरेका ती व्यक्तिले विगत केही वर्षयता चिकित्सकको निगरानीमा पुरुष हार्मोन लिइरहेका थिए । तर, अन्ततः उनले बच्चा जन्माएपछि ट्रान्सप्लान्ट पूर्ण सफल नभएको प्रमाणित भएको छ । कुनै अनाम व्यक्तिले दान गरेको वीर्यबाट उनले सन्तान जन्माएका हुन् ।
मार्च १८ मा जन्मिएको सन्तानले आफ्नी आमा पाउनेछैनन्, बाबुमात्र पाउनेछन् । एक सरकारी अधिकारीले भने, ‘छोराको नागरिकतामा आफूलाई बाबुको दर्जा दिन उनले सरकारसँग माग गरेका छन् । उनको आग्रहको सुनुवाइ हुनेछ ।’

%d bloggers like this: