Thu. Apr 25th, 2024

बेलायतको राजधानी लन्डनस्थित जेडएसएल चिडियाखानामा बाघप्रेमीहरु गत साता नांगै भए। सयौँ बाघप्रेमीले जुत्तामात्रै लगाएर नांगो जुलुस गरी सर्वसाधारणबाट सहयोग संकलन गरे। केही बाघप्रेमीले शरीरमा बाघका छालाजस्तो देखिने रङ दलेका थिए।
जुत्ता, बाघको नक्कली कान र मास्क मात्र लगाएका उनीहरु करिब तीन सय किलोमिटर नांगै दौडिएका थिए। उनीहरुको चर्तिकला चिडियाखाना घुम्न आउने मानिस र त्यहाँभित्रका जनावरले निकै अचम्म मानेर हेरेका थिए।
नांगै कुदेर उनीहरुले ६० हजार पाउन्ड स्टर्लिङ रकम संकलन गरेका छन्। यसलाई बाघ संरक्षण गर्ने कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।
नांगो दौडमा सरिक ३४ वर्षीय रिक कोल्स र केन्टले दौड सारै रोमाञ्चक भएको बताए। …सुरुमा नांगै कुद्न संकोच लागेको थियो। तर, वरिपरिका सबै मान्छे मजस्तै नांगै देखेपछि सबै लाज हट्यो। यसो गर्दा बाघ संरक्षणमा सघाउ पुग्छ  भने केको आपत्ति भन्ने लाग्यो,’ उनले भने।

%d bloggers like this: