Fri. Apr 19th, 2024

अहिले जमाना ‘मल्टी’को छ । एउटैले बहु कार्य गर्नसक्ने सामान होस् कि अरू नै, त्यसलाई गुणकारी मानिन्छ । गाईजात्राका लागि ‘तीतो सत्य’ युनिटले पनि यसपटक यस्तै टू इन वान कलाकार भेटाएको छ । ती कलाकार हुन्, कविता शर्मा । एक दशकदेखि नृत्य क्षेत्रमा संलग्न कविता अघिल्लो वर्षदेखि प्रहसनमा पनि सहभागी भइरहेकी छिन् । भन्छिन्, ‘कलाकार हुँ, परिआएको सबै गर्नुपर्छ । नृत्य गर्नुपरे नृत्य र अभिनय गर्नुपरे अभिनय गर्छु ।’ उनी टू इन वान भएको चाल पाएरै प्रहसनका निर्देशक तथा लेखक दीपकराज गिरीले चञ्चले युवतीको भूमिका दिएका छन् । यसले प्रहसनकर्तालाई मात्रै होइन, दर्शकलाई पनि फाइदा भएको छ किनभने अभिनयका लागि टिकट काटेपछि उनको नृत्य चाहिँ फोकटमा हेर्न पाएका छन् ।
kabita

%d bloggers like this: