Thu. Apr 25th, 2024

केटा पाठकहरु, के तपाईले अफिसमा काम गर्ने कुनै केटीलाई जिस्काउने गर्नुभएको छ ? यदि छ भने सावधान । किनकी यस्तो अपराध गर्नेलाई कडा सजाय दिने माहौल देशपरदेश सबैतिर बन्दैछ ।
यस्तो अपराधमा संलग्न हुनेलाई दण्डित गर्न भारतीय संसदले नयाँ नियमावली पारिद गरेको छ । नयाँ नियमावलीअन्तर्गत काममा केटी जिस्काउनेको मासिक तलब कम्तीमा १० प्रतिशतले कटौती गर्ने, प्रमोसन रोक्का गर्ने, अफिसबाट पाएका सबै सेवासुविधा बन्द गर्ने र आरोप प्रमाणित भए कामबाटै निकालिनेसम्मको सजाय व्यवस्था गरिएको छ । आफूमाथि यौन हिंसा भएको आरोप लगाउने केटी कामदारको आरोप प्रमाणित नभए पाँच सय रुपियाँ अथवा मासिक तलबभत्ताको पाँच प्रतिशत रकम जरिमाना तिर्नुपर्ने व्यवस्था नियमावलीमा छ । कार्यलयमा यौन हिंसा अधिक हुने भनिएको भारतमा यो नियमावली लागू भएपछि यस्ता हिंसामा कमी आउने अनुमान गरिएको छ ।

%d bloggers like this: