Fri. Apr 19th, 2024

गाईजात्रा कार्यक्रम गर्न थालेको कति भयो ?
२०५३ सालदेखि गाईजात्राका अवसरमा प्रहसन देखाउँदै आएको छु ।
यो कार्यक्रममा कसरी आइपुग्नुभयो ?
दाइहरूका प्रहसन हेरेर म प्रभावित थिएँ । मसँग हास्यरस भएकाले गर्न पाए भन्ने लाग्थ्यो । मैले ०५१ सालतिर एउटा नाटक खेल्ने अवसर पाएँ । त्यहाँ मेरो रोल कमेडी थियो । त्यो हेरेपछि शैलेन्द्र सिम्खडा दाइहरूले तिमी गाईजात्रा कार्यक्रममा पनि राम्रो गर्न सक्छौ भन्नुभएको थियो । त्यसपछि म यतातिर तानिएँ ।
पहिलोपटक यस्तो कार्यक्रममा कसरी अवसर पाउनुभयो ?
त्यतिबेला गाईजात्रा कार्यक्रम दुई समूहले गर्थे । एउटा सन्तोष पन्त दाइको नेतृत्वमा सिनियर दाइहरूले देखाउँथे । अर्काे लाका गाईजात्रा भनेर हुन्थ्यो । त्यसमा हामीजस्ता दोस्रो दर्जाका कलाकार हुन्थ्यौँ । मैले पनि त्यहीँ चान्स पाएँ । राम्रो गरेछु । अर्काे साल त बढुवा भइहाल्यो । सन्तोष पन्त दाइले आफूसँगै बोलाउनुभयो ।
महसँग पनि गर्नुभएको छ ?
उहाँहरूसँग गर्ने अवसर मिलेन । हामीले एकेडेमीमा गर्न थाल्यौँ । उहाँहरू अघिल्लो वर्षसम्म ६०१ जनाले प्रहसन देखाउने ठाउँ अर्थात् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्नुहुन्थ्यो ।
सुरु गरेदेखि अहिलेसम्म कुनै गाईजात्रा छुटेको छ ?
छैन । राजपरिवारको हत्या भएको वर्ष कसैले गाईजात्रा नगर्ने भए । शोकको बेला के रमाइलो गर्नु भनेर अरूले नदेखाउने भएपछि यो पर्व मर्नेहरूकै हो भनेर दीपाजी र मैले नेतृत्व गरेर निरन्तरता दियौँ । त्यसैले छुटेको छैन ।
तपाईं कमेडी नै गर्छु भनेर कलाकारितामा लाग्नुभएको हो ?
होइन । हिरो बन्छु भनेर आएको थिएँ । सायद त्यतिबेला मैले आफ्नै अनुहार राम्रोसँग ऐनामा हेरेको थिइनँ ।

%d bloggers like this: