Thu. Apr 25th, 2024

फिल्म ‘सुकुलगुण्डा’को धमाधम सुटिङ भइरहेको छ । सुकुलगुन्डाको जीवनशैलीलाई पर्दामा उतारिने भनिएको फिल्मको बुधवारदेखि सुटिङ थालिएको हो । मधुसुदन भट्टराईले निर्देशन गरिरहेको फिल्मको सुकुलगुन्डा चरित्रमा अभिनेता जीवन लुइ“टेल छन् भने खुश्वु खड्काले मुख्य महिला पात्रका रुपमा अभिनय गरिरहेकी छिन् ।
फिल्मका कथाकार एमपी मुडभरी हुन् भने पटकथा एवम् संवाद कलाकार सुशिल पोखरेलको छ । ज्योत्सना फिल्म प्रोडक्सशन प्रालिको प्रस्तुति रहेको फिल्ममा श्रीदेवी भट्टराई, सुशिल पोखरेल, राजकुमार शाह, खुश्वु खड्का र रश्मी भट्टले पनि अभिनय गर्ने भएका हुन् । फिल्मका निर्माता राजेश शाक्य, महेश प्रसाद मुडभरी र रमेश बस्नेत हुन् ।
बुधबारबाट सुटिङ प्रारम्भ गरिने फिल्मको पत्रकार एवं फिल्मस“ग सम्बन्धित बिभिन्न संस्थाका प्रतिनिधि बिच शुभ साइत गरिएको थियो । फिल्मको काठमाडौँ, भक्तपुर र ललितपुरमा छाया“कन गरिने बताइएको छ । फिल्मलाई एक महिना भित्र छाया“कन गरी सकिने निर्देशकको भनाई छ । शिव ढकाल छाया“कार रहेको फिल्ममा कमल राई र प्रदीप श्रेष्ठको संयुक्त नृत्य निर्देशन रहने छ । शरण जोशीको संगीत रहेको फिल्ममा कथाकार एमपी मुडभरीले गीत रचना गरेका छन् । यसका मुख्य सहायक निर्देशक एमपी मुडभरी र विनय पौडेल हुन् ।

%d bloggers like this: