Thu. Apr 25th, 2024

४ भदाै, काठमाडाैँ – गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार दुर्गेशले ‘आलु जस्तो गायक’ गीत सार्वजनिक गरेका हुन् ।
पछिल्लो समय उनी ‘ट्रोल’को सिकार बनेका छन् । ऋषि धमलाको ‘जनता जान्न चाहन्छ’ कार्यक्रममा दुर्गेशलाई नारायणगोपालको कुनै एउटा गीत गाउनु भनेर अनुरोध गर्दा उनले भक्तराज आचार्यको गीत गाएपछि विवादमा आएका थिए ।
दुर्गेशको ‘आलु जस्तो गायक’मा बसन्त थापाले शब्द र संगीत दिएका छन् भने भिडिओमा शिव बिकको निर्दर्शन तथा कोरियोग्राफी छ रहेको छ ।
दुर्गेश थापाकै स्वर रहेको गीतमा दुर्गेश सहित पल शाह, पुष्प खड्का र सरिता केसीको पनि नृत्य रहेको छ ।

Leave a Reply

%d bloggers like this: