Fri. Apr 19th, 2024

काठमाडौं । लामो समयदेखि अस्ट्रेलियामा बसेर नेपाली संगीतमा सक्रिय गायक केदार बरुवाल क्षेत्रीले ‘एक तर्फी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । सफ्ट सेन्टिमेन्टल भर्सनको गीतमा गायक बरुवालले माया टुटेर आफु थाकेको र हारिसकेको भाव व्यक्त गरेका छन् ।
गीतमा स्वर, शब्द र संगीत गायक क्षेत्रीकै छ । गीतको संगीत संयोजन रोमन बज्राचार्यले गरेका हुन् । म्युजिक भिडियोमा समेत स्वयम् गायक क्षेत्री फिचर्ड छन् । भिडियोमा सन्तोष गुरुङको छायांकन, सम्पादन र निर्देशन छ ।

रियालीटी शो ‘चितवन आइडल २०७०’ को उपाधि विजेता क्षेत्रीले ‘जब तिमी’ बोलको गीत मार्फत नेपाली संगीतको क्षेत्रमा पाइला राखेका हुन् । हालसम्म उनका ‘एक पल’, ‘मन छोडी’ लगायतका थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । नयाँ गीत गायक क्षेत्रीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

%d bloggers like this: