Thu. Mar 28th, 2024

 
१५ जेठ, काठमाडाैँ – वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेरमा निधन भएको छ ।
ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ ‘ठट्टैमा यो बैँस जान लाग्यो।।।’, घुम्तीमा नआउ है।।।, ‘एक मुठी चामल पाऊँ न हजुर’, ‘हाँस्छौँ गाउँछौंँ वसन्त ल्याउँछौँ प्रेमको अनुरोधमा’, ‘सल्किन्छ यो नगरमा ठट्टैमा जिन्दगानी’, ‘बिहानीका तारा हामी सर्वहारा’, ‘त्यो खोलाको सङ्लो पानी खाइजाऊँ खाइजाऊँ लाग्छ।।।’ आदि सयौँ लोकप्रिय गीतका रचनाकार हुनुहुन्थ्यो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत–सङ्गीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताउनुभयो । उहाँका श्रीमती र दुई छोरा छन् । नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले थापा पाँच दशकदेखि निरन्तर लेखिरहने गीतमै समर्पित र स्वाभिमानी स्रष्टा भएको बताउँदै उहाँप्रति श्रञ्द्धाजलि व्यक्त गर्नुभयो ।
गीतकार राजेन्द्र थापाले नेपाली आधुनिक नेपाली गीतको खुट्टामध्येका रत्नशमशेर र किरण खरेल रहेकामा एक खुट्टा अन्त्य भएको प्रतिक्रिया दिनुभयो । विसं २०१८ मा त्रिचन्द्र कलेजमा पढ्दा पढ्दै नारायणगोपाल र रत्नशमशेर मिलेर भारतको कोलकत्तामा गएर ‘स्वर्गकी रानी’ एकैपटक ग्रामोफोन ९चक्का० मा रेकर्डिङ गराएको स्मरण गर्नुभयो । त्यसपछि ती गीतहरु रेडियो नेपालमा प्रसारित हुन थालेका थिए । रत्नशमशेरका गीतमा नातिकाजी, गोपाल योञ्जन, अम्बर गुरुङ, तारादेवी, शिवशङ्कर, प्रेमध्वज प्रधान आदि लोकप्रिय सङ्गीतकार गायकले सहकार्य गर्नुभएको थियो । उहाँ काठमाडौँको कमलपोखरीमा बस्दै आउनुभएको थियो । कोरोना भाइरसको परीक्षण गरेपछि उहाँको अन्त्येष्टि गरिने जनाइएको छ ।
–––

Leave a Reply

%d bloggers like this: