Sat. Apr 20th, 2024

कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा डिपी खनालको शब्द , शंकर थापा स्माइलको संगीत रहेको छ भने कालीप्रसाद बाँस्कोटा र मेलिना राईले गाएका छन् । गीतको भिडियोलाई शंकर विसीले कोरियोग्राफ गरेका हुन् । गीतमा धुर्मुस र सुन्तलीसँगै दयाहाङ राई , विल्सन विक्रम राई , राजाराम पौडेल ,कमलमणि नेपाल पनि फिचर्ड छन् ।

फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । महाशिवरात्रीलाई लक्षित गर्दै प्रदर्शन हुने फिल्मलाई रामबाबु गुरुङले फिल्मको निर्देशन गरेका हुन् । फिल्ममा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मलाई खिचेका हुन् । यसै फिल्मबाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यसफिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । यसलाई डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् भने सह-निर्मातामा फूर्पा लामा रहेका छन् । यो फिल्मको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: