Thu. Apr 25th, 2024

बलिउड अभिनेता बरुण धवन, श्रद्धा कपुर, नोरा फतेही र प्रभु देवा स्टार ‘स्ट्रीट डान्सर–थ्रिडी’को ट्रेलर आउट भएको छ । यो फिल्मलाई रेमो डिसुजाले निर्देशन गरेका हुन् ।

डान्स बेस्ड यस फिल्मको ट्रलरलाई दर्शकहरुले रुचाइरहेका छन् । यो फिल्म २४ जनवरी २०२० बाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

रेमोको यस फिल्मलाई भारत–पाकिस्तानको एङगलबाट प्रस्तुत गरिएको छ, जहाँ बरुण धवनलाई हिन्दूस्तानी र अभिनेत्री श्रद्धा कपुरलाई पाकिस्तानी युवतीको भूमिकामा प्रस्तुत गरिएको छ ।

प्रभुदेवाको आइकोनिक गीत ‘मुकाबला’लाई पुनः रि–क्रिएट गरिएको छ । फिल्ममा डान्स सिक्वेन्स र डान्स ब्याटल जबरदस्त छ ।

news24nepal.tv

Leave a Reply

%d bloggers like this: