Sat. May 4th, 2024

फिल्म ‘आमा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अधिकांस नेपालीको बिदेशिनु पर्ने बाध्यता र यसको कारण बुढेसकालमा आमाबाबु एक्लिने मात्रै नभई मृत्यु पश्चात दाहसंस्कारमा समेत उपस्थिति जनाउन नसक्ने बाध्यतालाई देखाइएको छ ।

फिल्ममा दिपेन्द्र के. खनालको लेखन, निर्देशन तथा छाँयाकन रहेको छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् भने सह-निर्माताको रुपमा सन्तोष अधिकारी रहेका छन् । भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको समेत अभिनय रहेको छ । फिल्म महाशिवरात्रीको अवसर पारेर आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

merofilm.com

Leave a Reply

%d bloggers like this: