Fri. Apr 26th, 2024

निर्देशक जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म ‘१२ सत्ताईस ‘ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्म भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दिईएको छ । फिल्ममा प्रमुख कलाकारहरु समिर श्रेष्ठ, अभिषेक नेपाल,काजि राना, अस्मिता लामिछाने, सम्रान्त थापा,अभोन राज उप्रेती,भिष्म जोशी रहेका छन् । फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस फिल्मले ३ जना युबा बेरोजगारहरुको कथा समेटेको छ ।
ह्याप्पी प्ल्यानेट फिल्मस र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना ,दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका छन भने सह निर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ । आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने यस फिल्मलाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले बितरणको जिम्मा लिएको छ। निर्देशक जौंन योञ्जन कै कथा रहेको यस फिल्ममा दिपक आर्जेको संगीत रहेको छ। प्रकाश मल्ल शब्द रहेको यस फिल्मलाई अनिश स्याङ्गदेनले खिचेका छन् भने कृष्ण भण्डारीले सम्पादन गरेका छन । सरोज श्रेष्ठले संचार ब्यबस्थापनको जिम्मा लिएका छन ।
 
 
 

                        Merofilm.com

Leave a Reply

%d bloggers like this: