Sat. Apr 20th, 2024

आजबाट मल्टिस्टारर फिल्म “पोइ पर्‍यो काले” देशभर प्रर्दशनमा आएको छ । कमेडी कथामा निर्माण गरिएको फिल्ममा पूजा शर्मा ,आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सौगात मल्ल, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् ।

फिल्ममा तारा थापा किम्भेको सम्पादन रहेको छ । शिव ढकालको छायांकन रहेको फिल्ममा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहेको छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

आजबाट फिल्म “पोइ पर्‍यो काले” सँगै दुई बलिउड फिल्म ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ पनि प्रदर्शनमा आएका छन् । मल्टिस्टारर फिल्म ‘हाउसफुल ४’मा अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कृती सेनन, पुजा हेग्डे, कृती खर्बन्दा लगायतको अभिनय रहेको छ । फिल्मका यसअघिका सिरिज हिट भएका छन् । भने यसपटक फिल्मलाई पूर्वजन्मसँग जोडिएको छ । त्यस्तै फिल्म ‘मेड इन चाइना’मा मोनी रोय र राजकुमार रावको अभिनय रहेको छ ।

 

filmyfanda.com

Leave a Reply

%d bloggers like this: