Fri. Mar 29th, 2024

बलिउड अभिनेत्री सन्नि लियोनको समेत छोटे अभिनय रहेको नेपालि फिल्म “पासवर्ड”ले लण्डनमा एेतिहासिक शो पाएको छ । लण्डनमा प्रदर्शन भएका नेपाली फिल्ममध्ये पासवर्डले ३२ शोमा प्रदर्शन जमाउँदै नेपाली फिल्म इतिहासमा नाम लेखाएको छ ।
बलिउड अभिनेत्री सन्नि लियोनको माझ नै प्रिमियर सम्पन्न भएको यस फिल्म नेपालमा पनि रूचाइएको छ । प्रदर्शन भएको लगभग २ हप्ता भइसक्दा पनि सिनेमा हलमा यो फिल्मका लागि दर्शकको लाइन देख्न सकिन्छ ।
नेपाली फिल्म “पासवर्ड” लण्डनमा अमित बस्नेत, अजित बस्नेत, बिक्कि जोशी र हिरल जोशीको लगानीमा प्रदर्शन भएको हो । अनुप बिक्रम शाही तथा परी रानाको प्रमुख अभिनय रहेको फिल्ममा बिक्की जोशीको पनि अभिनय रहेको छ ।
यो फिल्मले लण्डनमा एकै हप्तामा ११ शो समेत पाएको छ । जुन नेपालि फिल्मको अनुमान भन्दा पनि धेरै हो ।

Leave a Reply

%d bloggers like this: