Thu. Mar 28th, 2024

फिल्म “कबड्डी“को सिक्वेल “कबड्डी कबड्डी कबड्डी“लाई ऐतिहासिक शो प्राप्त भएको छ । यो फिल्मले नेपालको मल्टिप्लेक्स बिग मुभिजमा एकै दिन १७ शो प्राप्त भएको छ ।
“कबड्डी कबड्डी कबड्डी“ले आज पाएको सफलता ऐतिहासकमा परिणत भएको छ । नेपालमा प्रदर्शन भएका कुनै पनि फिल्म एकै दिन १७ शो प्रदर्शन हुन सकेका छैनन् । नेपालमा बाहुल्यता रहेका भनेका बलिउड फिल्म पनि नेपाली यो फिल्मको पछि परेका छन् भने हलिउडले पनि यो आकँडा पार गर्न सकेका छैनन् ।
No photo description available.
एकै दिन १७ शोमा प्रदर्शन भएको यो फिल्म १७ शोमै हाउसफुल रहेको समेत बताइएको छ ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहने फिल्ममा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पार्श्वसंगीत रहेको छ । फिल्मका निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार हुन् । बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुतिमा रहेको फिल्ममा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् ।
Image may contain: 2 people, crowd and night

Leave a Reply

%d bloggers like this: