Fri. Apr 19th, 2024

गत शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको फिल्म “कबड्डी कबड्डी कबड्डी“ले दर्शकको मन जित्न सफल भएको छ । “कबड्डी“ फिल्मको सिक्वलेको रूपमा निर्माण भएको यो फिल्मले दर्शकको मन जित्दै पाँचौ दिनमा पनि लगातार हाउसफुल प्रदर्शन गर्न सफल भएको हो ।
फिल्मले अहिले कमाएको लोकप्रियता हेर्दा यसले सजिलै ५१ दिन मनाउने अनुमान गरिएको छ ।
प्रदर्शनको दुई दिनमा ३ करोड २५ लाख कमाउँदै ‘सिंगल डे’ कलेक्सनमा रेकर्ड कायम गरेको फिल्मले आइतबार बिना विदामा पनि जबरजस्त व्यापार गरेको थियो । वितरक कम्पनी स्टेशन फाइभले दिएको जानकारी अनुसार आइतबार १ करोड ७ लाख कमाउँदै फिल्मले तीन दिनमा कुल ४ करोड ३२ लाखको व्यापार गरेको थियो ।
‘कबड्डी कबड्डी कबड्डी’ ले पहिलो हप्ताको अन्त्यसम्म ७ करोडको आँकडा छुने फिल्म अनुमान गरिएको छ र अहिलेको प्रदर्शनलाई हेर्दा फिल्मले अनुमान पार गर्ने समेत देखिएको छ ।  यस वर्षको सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मको कलेक्सन एकलभन्दा मल्टीप्लेक्समा बढि रहेको छ ।

Leave a Reply

%d bloggers like this: