Sat. Apr 20th, 2024

अभिनेता अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘धुपौरे’को लागि अभिनेता केसीले साइन गरेका हुन् । निर्माण पक्षले यो फिल्मको लोगो पनि तयार गरिसकेको छ, जहाँ अभिनेता अनमोल केसी, निर्देशक साम्तेन भुटिया र निर्माता जयन श्रेष्ठको नाम उल्लेख गरिएको छ ।
यो फिल्मको अभिनेताको रुपमा अनमोल केसीलाई फाइनल गरिएको निर्माण पक्षले जानकारी गराएको छ । यो फिल्मको छायाङ्कन मंसिरबाट गरिने जानकारी गराइएको छ । ‘ए मेरो हजुर–३’ पछि ‘धुपौरै’ मार्फत अनमोल दर्शकमाझ प्रस्तुत हुने भएका छन् ।
यो फिल्मको अन्य कलाकारहरुको बारेमा निर्माण पक्षले अहिले कुनै पनि जानकारी लिक गरेको छैन । निर्देशक साम्तेनको नयाँ फिल्म ‘च च हुई’ मंसिरबाट दर्शकमाझ रिलिजमा आउदैछ ।
 

news24

Leave a Reply

%d bloggers like this: