Thu. Mar 28th, 2024

बलिउडदेखि हलिउडसम्म सफर गरिसकेकी अभिनेत्री प्रियंका चोपडाको हरेक स्टाइल फ्यानहरुका लागि विशेष हुने गर्छ नै । उनी आफ्नो कुशल अभिनय र सुन्दरताका कारण सँधै चर्चामा आइरहने अभिनेत्री हुन् । साथै उनी आफ्नो महंगो एसेसरिजका कारण पनि बेला–बेला चर्चामा आउँछन् । भर्खरै पनि उनी महंगो एसेसरिजकै कारण पुनः एक पटक चर्चामा आएकी छन् ।
भर्खरै अभिनेत्री प्रियंकाको श्रीमान निक जोनसको जन्मदिन थियो । यस थिम बर्थडे पार्टीमा प्रियंका कालो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् । ब्ल्याक ड्रेसको साथ प्रियंकाले एउटा क्लच क्यारी गरेकी थिइन् । अहिले सोही क्यारी क्लचको चर्चा भइरहेको छ ।
यस ब्ल्याक ड्रेससँगै अभिनेत्री प्रियंकाले वाल्टर्स फेथको डायमण्ड रिङ्ग र जिमी चु ब्राण्डका एक सिमरी क्लच लिएकी थिइन् । ब्राण्डको वेबसाइटको माध्यमबाट सो क्लचको मूल्य पत्ता लगाइएको छ ।
प्रियंकाले उक्त क्लचलाई १,८५० डलरमा किनेकी हुन्, जसको नेपाली मूल्य एक लाख ९० हजारको हाराहारी पर्छ ।
वर्कफ्रन्टको कुरा गर्नुपर्दा अभिनेत्री प्रियंकाले चाँडै फिल्म ‘द स्काई इज पिंक’मा देखिदैछन् । यो फिल्ममा फरहान अख्तार र जायरा वासिम पनि मुख्य भूमिकामा देखिदैछन् । यो फिल्म अक्टोवरबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
 

news24

Leave a Reply

%d bloggers like this: