Sun. Apr 28th, 2024

सन्तोष सेनको आगामी फिल्म ‘प्रेमगीत–३’को शिर्ष गीतको रेकर्डिङ कार्य रेडियो नेपालमा सम्पन्न गरिएको छ । फिल्मको गीतलाई रेडियो नेपालको ठूलो रेकर्डिङ हलमा ८० जना भन्दा बढी बाध्यबाधक, कलाकारहरुको सहभागितामा रेकर्डिङ कार्य सम्पन्न गरिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

चलन–चल्तीका रेकर्डिङ भन्दा पृथक किसिमले आकेष्ट्रा साहितको बाध्यबाधकको संलग्नतामा रेकर्डिङ गरिएको गीतलाई प्रताप दास र प्रविशा अधिकारीले स्वरबद्ध गरेका छन् । राजेश कुमारको शब्दमा गीतलाई एलिश कार्कीले संगीत संयोजन गरेका हुन् ।

निर्माता सेनका अनुसार रेकर्डिङको सामूहिक आवाजका लागि कलाकारहरु शिव श्रेष्ठ, प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक छेतेन गुरुङ र सन्तोष सेन लगायतका कलाकारहरु रेडियो नेपाल पुगेका थिए ।

दशैं लगत्तै फ्लोर जाने यो ‘प्रेमगीत–३’मा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, प्रदीप खडका, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहनेछ ।

निर्माता सेनले ‘प्रेमगीत–३’ को कथामा रहेका हरेक पात्रको आ–आफ्नै महत्व भएकाले फिल्ममा कुनै पनि पात्रको सम्झौता नगर्ने पहिल्यै जानकारी गराइसकेका छन् । प्रेमगीत र प्रेमगीत–२ को तुलनामा ‘प्रेमगीत–३’ तीन गुणा बढी ब्यापक बन्नेमा कुनै दुई मत छैन । स्टारकास्टकै कारण फिल्मको चर्चा दिनप्रति दिन चुलिदै गएको छ ।

फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । फिल्मको कथा निर्देशक गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । वर्षकै ठूलो फिल्मको रुपमा लिइएको ‘प्रेमगीत–३’ नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: