Sat. Apr 27th, 2024

चलचित्र वितरक गोविन्द शाहीको पैसा र शक्तिको प्रयोग गर्दै चरित्र हत्या  गर्ने प्रयास भएको छ । चलचित्र लिलि बिलीको आर्थिक कारोबारको टुंगो लाग्न समस्या हुँदा उनलाई मात्र एक तर्फी दबाब आएको हो ।
चलचित्र लिलि बिलिको आर्थिक हिसाब किताबको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ  र गोविन्द शाहीलाई अदालतले स्टे अर्डर समेत दिइसकेको छ । स्टे अर्डर पाइसकेको अवस्थामा पनि चलचित्रका निर्देशक मिलन चाम्स र अन्यद्वारा कानुनी प्रकृया भन्दा माथि टेकेर एकतर्फी चरित्रहत्याको प्रयास गरेको देखिएको छ ।
लिलि बिलिको वैदेशिक प्रदर्शन बापतको रकम निर्देशक मिलन चाम्स र सुदिप खड्काले उठाएका छन् भने उपत्यका बाहिरको व्यापार मिलन चाम्सले नै उठाएको बताइन्छ ।  तर, अार्थिक हिसाबकिताबमा भने उल्टै उनिहरूबाट गोविन्द शाही नै पेलिएका छन् ।
चलचित्र निर्मातासँग प्रहरी प्रशासनले यसको हिसाब किताब ३ पक्षीय वार्ताबाट मिलाउन भनेको र शाहीको तर्फबाट मध्यस्थ कर्ता पठाउन भन्दा पनि सो नपठाइ शक्तिको दुरूपयोग गर्दै उनिहरूबाट चरित्र हत्याको प्रयास भइरहेको हो ।
चलित्र लिलि बिलिको हिसाब किताबमा ८० लाखको दोष गोविन्द शाहीलाई आएता  पनि हिसाब किताब हेर्दा शाहीले नै १७ लाख पाउनुपर्ने रहेको छ ।

Leave a Reply

%d bloggers like this: