Fri. Mar 29th, 2024

काठमाडाैं  ।
हलिउड अभिनेता मोर्गन फ्रिम्यान ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि नेपाल आएका छन् । उनी नेपाल आएको बारे जानकारी दिदै युनिभर्सिटी अफ नर्थ टेक्ससले ट्वीटरमार्फत दिएको हो ।
उनी नेपाल बसाइको क्रममा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । ओस्कार अवार्ड विजेता समेत रहेका फ्रिम्यानले ‘गोइङ इन स्टाइल’, ‘स्ट्रीट स्मार्ट’, ‘ग्लोरी’, ‘द रिडम्पशन’, ‘ब्रूस अलमाइटी’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका छन् । ८१ वर्षीय यी अभिनेताले छायांकन गर्ने टेलिभिजन श्रृङ्खला नेशनल जोग्राफी च्यानल मार्फत प्रशारण गरिने छ ।

Leave a Reply

%d bloggers like this: