Mon. Apr 29th, 2024

काठमाडौं ।
फिल्म ‘द ब्रेकअप’को दोश्रो गीत सार्वजनिक भएको । पौषको २७ गतेबाट लर्शकमाझ रिलिजमा आउँदे गरेको यो फिल्ममा समावेश गरिएको ‘हरपल’ बोलको गीत सार्वजनिक भएको हो ।
यो गीतको भिडियोलाई अष्ट्रेलियामा छायाङ्कन गरिएको हो । फिल्मको सार्वजनिक गीतमा विराज गौतमको स्वर र संगीत रहेको छ, भने गीतमा प्रकाश मल्लको शब्द छ ।
गीतको भिडियोमा फिल्म मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केको अभिनय रहेको छ । फिल्मको कथा, पटकथा र निर्देशन हेमराज वीसीको रहेको छ ।
यो फिल्ममा रुपक थापा, दिपक खतिवडा, रेनु राना, हेमराज वीसीको लगानी छ । फिल्ममा आशिरमान र शिल्पाको साथमा रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनालको पनि मुख्य भूमिका छ ।

Leave a Reply

%d bloggers like this: