Fri. Mar 29th, 2024

काठमाडाैं । १३ बैशाख ,
अभिनेत्री निरुता सिंह चलचित्र दक्षिणाबाट रजतपटमा प्रवेश गरेकी  हुन्  । एकसमय निरुताले अभिनय गरेका प्राय चलचित्र सफल भए । उनले चाँदनी, दर्पणछायाँ, बन्धकी ,अजम्बरी नाता लगायतका सुपरहिट चलचित्र पनि दिइन् । सफलताकाे उचाइ हासिल गर्दैगर्दा निरुता एकाएक भारत पलायन भइन् । भारत बसाइको क्रममा निरुताले नेपाल आएर केही चलचित्रमा काम गरेकी थिइन् । तर उक्त चलचित्रहरू सफल भने भएनन् । यति बेला करिब ५ वर्षको अन्तराल पछि निरुता नेपाल आएकी छिन् ।
 
एनएफडिसी अवार्डमा सहभागी हुन नेपाल आउने खबरले उनलाई उत्साहित बनाएको उनी सुनाउँछिन् । भन्छिन् ‘जब नेपाल जाँदै छु भन्ने थाहा पाए एकदमै उत्साहित भएको थियो । एरपोर्टमा जब प्लेन ल्याण्ड भयो,यहाँको जमिन टेक्नासाथ आँखाबाट आँसु रोकिएन् ’। किन नेपाल छोडेर जानु भयो ? भन्ने प्रश्नमा निरुता भन्छिन् ‘हामी पछिका पुस्ताले पनि अवसर पाउनु पर्छ । जबरजस्ती चलचित्र गरेर दर्शकलाई दिक्क पार्नु भन्दा, सफल भइरहन्दा छोडेर गए सधैँ सबैले सझन्नु हुन्छ नि (हाँस्दै भन्छिन्)’ । केहीले आफूलाई भारतीय धोती भनेर प्रतिक्रिया दिँदा आफ्नो चित्त दुख्ने गरेको बताइन्। भन्छिन् ‘भारतमा जन्मलिनु मेरो गल्ती होइन् तर मैले बोल्ने भाषा नेपाली हो । मेरो पुर्खा नेपाली हो । जन्मथलो भारत भए पनि कर्म थलो नेपाल हो। तर धोती, इण्डियन भनेर गाली गर्नु हुन्छ । त्यसो नभन्दिए हुन्थ्यो भनेर चित्त दुख्छ । ’
 
साभार ः सिनेपाटि डट कम

Leave a Reply

%d bloggers like this: