Sun. Apr 28th, 2024

काठमाडाैं । १३ बैशाख ,
नेपाल सेना प्रमुख राजेन्द्र क्षेत्रिले सपरिवार चैत्र ३० गतेदेखि प्रदर्शनमा अाएकाे चलचित्र  लिलि बिलि हेर्नु भएकाे छ । उहाँ  , १२ गते अर्थात् हिजाे दिउसाे साे फिल्म हेर्नकाे लागि सपिरवार लभिम मल  पुग्नु भएकाे हाे । उहाँले याे फिल्म यसै फिल्मका कलाकार तथा निर्माताहरू सँगै बसेर हेर्नु भएकाे हाे ।
उहाँले फिल्म हेरी सकेपछि फिल्मका कलाकार तथा निर्माताहरूसँग भलाकुसारी पनि गर्नु भएकाे  थियाे  । दर्शककाे अत्यन्तै माया पाएकाे उक्त फिल्मकाे उहाँले पनि प्रशंसा गर्नु भएकाे छ । उहाँले फिल्मले अहिलेकाे युवा पुस्तालार्इ  सकारात्मक सन्देश दिनेमा  विश्वास व्यक्त गर्नु भएकाे छ भने विदेशका विभिन्न स्थानमा  खिचिएका मनाेरम दृश्यहरूकाे पनि  उहाँले प्रशंसा  गर्न भ्याउनु भएकाे छ ।
काफिया फिल्मस्काे ब्यानरमा बनेकाे यस फिल्म गाेविन्द शाहीले निर्माण गरेका हुन् भने निर्देशन मिलन चाम्सले गरेका हुन् । यस फिल्ममा प्रदिप खड्का र जसिता गुरूङकाे जोडिलार्इ दर्शकले अति रूचाएका छन् ।
प्रदर्शनका दिनदेखि नै उत्कृष्ट व्यापार गरिरहेकाे यस फिल्म  हेर्नका लागि अहिले  पनि दर्शकहरूकाे हलमा उत्तिकै भीड रहेकाे छ ।
 

Leave a Reply

%d bloggers like this: