Tue. Apr 23rd, 2024

काठमाडाैं । ४ बैशाख –  नेपाली फेसन बजारमा आधुनिकता थपिएसँगै बिभिन्न उत्कृष्ट फेसन शोहरुले बिषेश प्रथामिकता पाउन थालेका छन् । यस्तैमा एक अन्तरराष्ट्रिय स्तरको फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ को तयारी प्रारम्भ भएको छ ।
कार्यक्रमको ब्यवस्थापक नेक्स्ट मोडल्स नेपालले सोमबार एक बिज्ञप्ती मार्फत फेसन सो नेपालकै उत्कृष्ट बनाउने तयारी भइरहेको जनाएको छ ।
नेपाली कपडाको प्रवर्द्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्याउने उदेश्यले यहि २५ मेका दिन राजधानीको सोल्टीक्राउन प्लाजमा आयोजना गरिने यो बर्षको उत्कृष्ट फेसन सो हुने ब्यावस्थापक संस्थाका प्रमुख रबि धमलाले बताए ।
ब्यवसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषहरु माझ निकै लोकप्रिय डिजाइनर ‘दलजीत सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेको फेसनका डिजानहरु सोमा प्रस्तुत गरिनेछ ।
यो सोको र्याम्पमा उत्कृष्ट मोडल प्रस्तुत गर्ने उदेश्यले राजधानीमा अडिसन मार्फत मोडल समेत छानिएको छ । १५० भन्दा बढी महिला तथा पुरुष मोडल सहभागी अडिसनबाट कम्तिमा ५ फिट ५ इन्च उचाही भएका १० महिला र ५ फिट ११ इन्च हाइट भएका पुुरुष गरि १८ मोडल छानिएका छन् । रनवे मोडलको मुख्य बिषेशता उचाही रहेकोले मोडल छान्दा उचाहीलाई पनि प्रथामिकता दिइएको नेक्स्ट मोडल्स नेपालकी निर्देशक यतना पाण्डेले बताइन् । छानिएका मोडलसँगै ६ जना अर्थात आधा दर्जन टप सेलिब्रेटी समेत र्याम्पमा उत्रिने पाण्डेको भनाई रहेको छ ।
दलजित सुदान, दिक्पाल कार्की, नग्मा श्रेष्ठ, रचना गुरुङ, रोजिन शाक्य, आस्था पोखरेल, रिया मल्ललगायतका अडिसन राउण्डका निर्णायक रहेका थिए ।

Leave a Reply

%d bloggers like this: