Thu. Apr 25th, 2024
काठमाडाैं । ४ बैशाख – आजकल कलाकार बुद्दि तामाङ्ग  फिल्ममा छोटो भूमिकामा मात्र सिमित छैनन् । उनले केहि चलचित्रमा प्रमूख भूमिका पनि निभार्इसकेका  छन् । त्यो मध्ये ‘चङ्गा’ जेठ २५ मा रिलीज हुने तयारीमा छ  ।
‘डिट्ठासाब’को नामले परिचित किशोर भण्डारी निर्देशित यो फिल्ममा बुद्दीले गज्जबको नृत्य गरेका छन् । हालै सार्वजनिक राजनराज सिवाकोटीको संगीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको ‘कम्पनी माला’ बोलको गीतमा उनि नाचेका छन् । गीतमा शब्द भने राजेन्द्र थापाकाे रहेकाे छ । गीतको भिडियोमा कोरियोग्राफी कविराज गहतराजको छ ।
फिल्म पुर्णतः कमेडी रहेको बताईन्छ । निर्देशक भण्डारीले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो रहेको बताएका छन् ।
यो फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीको प्रमूख अभिनय छ ।

Leave a Reply

%d bloggers like this: