Fri. Apr 19th, 2024

भरतपुर, १७ चैत । चितवनमा पहिलोपटक आयोजना भएको ‘मिसेस चितवन–२०१७’को उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन् । १८ स्पर्धीलाई पछि पार्दै सुष्माले ताज आफ्नो पोल्टामा पारेकी हुन् । उनले ताजसँगै ५० हजार रुपैयाँसहित गिफ्ट । २९ बर्षीया एक छोराकी आमा सुष्माले मिसेस पर्सानालिटी र भ्यूयर्स च्वाइस अवार्डसमेत हात पारिन् ।
यस्तै फस्ट रनरअप रेनु तामाङ र सेकेण्ड रनरअप आना ढकाल भए । उनीहरुले क्रमश ३० हजार र २० हजार रुपैयाँ हात पारे । रेनु तामाङले मिस ट्यालेन्ट अवार्ड पनि जितिन् भने आना ढकालले मिसेस कन्जियालिटी अवार्डसमेत जितिन् । कार्यक्रममा क्रमश मिसेस क्याटवाक अवार्ड रोजिना प्रधान, मिसेस डिसपिलिन् अवार्ड संगीता अर्याल, वेष्ट फिगर अवार्ड सविना चौधरी, वेष्ट स्किन अवार्ड जमुना शर्मा, फ्रेन्डली अवार्ड सपना श्रेष्ठ, मिसेस फोटोजेनिक लक्ष्मी रिजाल, मिसेस ब्युटिफूल दीप्ति काफ्ले, वेष्ट स्माइल अवार्ड शान्ति शाही तिवारी, पन्च्युयालिटि अवार्ड धनु थापा मगर, मिसेस व्युटिफुल नितु सापकोटा भण्डारी, मिसेस इनोसेन्ट अवार्ड रिता थनेत, वेष्ट चार्मिङ अवार्ड ज्योतिका थापा, वेष्ट हेयर अवार्ड शितल श्रेष्ठ,मिसेस एक्टिभ अन्जु आचार्य ,मिसेस स्टाइललिश सुनिता थापा खड्का भए ।
चर्चित फेशन कोरियोग्राफÞर एव संचारकर्मी जयन सुब्बाको कोरोयोग्राफी रहेको यस कार्यक्रम दाताज ईभेन्ट्सको तर्फबाट दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक रहेका थिए । निर्णायकको भूमिकामा पहिलो मिस नेपाल एव ब्युटिसियन रुवी राणा, फोटोग्राफर राजभाई सुवाल, इभेन्ट अर्गनाइजर बिशाल गुरुङ, युवा व्यवसायी रुविन रामुदामु, मोडेल पियुष कर्ण रहेका थिए ।

Leave a Reply

%d bloggers like this: